• २०८१ जेष्ठ १ मङ्गलवार
  • Tuesday 14 May 2024
team image
✍️संगिता श्रेष्ठ
प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक

प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक ज्यूको सन्देश

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा व्यस्त अस्पताल हो। यो अस्पताल वि.सं. १९४६ मा वीर शम्सेर द्वारा स्थापित गरिएको थियो त्यसैले यसलाई वीर अस्पताल भनिएको हो। अस्पतालले देशभरका सबै तहका व्यक्तिहरूकालागि उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा उपचार प्रदान गर्दै आइरहेको छ। ग्रामिण भेगका धेरै बिरामीहरू यस अस्पतालमा निशुल्क चिकित्सा सेवा लिनका लागि टाढा टाढाबाट आउने गरेका छन्। हाल अस्पतालमा ९६० शैयाको क्षमता रहेको छ भने ५७५ शैया संचालनमा रहेको छ।

विशेषगरी विपन्न एवं असहाय वर्गका लागि लक्षित गरेर १५ वटा अन्तरङ्ग शैयासहित स्थापना भएको हो। यो अस्पतालले लामो समय देखि बिरामीहरूलाई चिकित्सा सहयोग प्रदान गरिरहेको छ।समय संगै यहाँ स्थान सिमित भएकाले यहाँका सुविधाहरु इन्द्र राज्य लक्ष्मी देवी शाह प्रसुती गृह , थापाथली , पाटन मानसिक अस्पताल र कान्ति बाल अस्पतालमा स्थानान्तरण गरिएको थियो । यो अस्पताल सन् २००३ पश्चात चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ। हाल कोभिड १९ युनिफाइड केन्द्रिय अस्पताल अन्तर्गत रहेको यस अस्पतालले गरिब, जेष्ठ नागरिक, विपन्न असहाय, बेवारिसे, हिंसापिडित महिला, जनयुद्ध/ जनआन्दोलन घाइते, एसिड आक्रमणमा परेका पिडितहरुको निसुल्क उपचार तथा अन्य आम साधारण नागरिकहरुको उपचारमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ। यस अस्पतालले विभिन्न महामारीको समयमा जस्तै कोभिड १९ को पहिलो, दोश्रो र तेस्रो लहर साथै डेंगुको महामारीको उपचार तथा नियन्त्रणमा खेलेको भूमिका अनुकरणीय तथा प्रशंसायोग्य रहेको छ।

नर्सिङ एक स्वास्थ्य क्षेत्रको महान पेशा हो । नर्सहरू हरेक स्वास्थ्य सेवा प्रणालीको हृदय हुन्।विरामीहरुको उपचारमा नर्सिंग जनशक्तिले उल्लेख्य भुमिका निर्वाह गर्दै आइरहेका छन् । नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमा आधुनिक तथा विशिष्टकृत स्वास्थ्य सेवाहरु यसै अस्पतालबाट सुरुवात भएका हुन् साथै हाल संचालनमा रहेका छन्। पहिलो आईसीयू सन् १९७३ मा वीर अस्पतालमा पाँच शैयाको मेडिकल आईसीयूको रूपमा सुरु भएको थियो। राजा महेन्द्र वीरविक्रम शाहदेवलाई मुटुमा समस्या भएपछि उपचारका लागि भारत लगिएको थियो र उनी फर्किएपछि आईसीयू बनाउन आदेश दिए सोहि अनुसार नेपालमा पहिलो आईसीयूको स्थापना वीर अस्पतालमा भयो । मृर्गौला प्रत्यारोपण वीर अस्पतालले सन् २००८ डिसेम्बरमा सुरु गरेको थियो। नेपालमा पहिलो पटक डायलाइसिस (पेरिटोनियल) सेवा वीर अस्पताल बाट १९७३ मा सुरुवात भएको हो, र सन् १९८७ मा वीर अस्पतालमा दुईवटा एच.डी. मेसिनसहित हेमोडायलाइसिस सेवाको थालनी गरिएको थियो। हाल उक्त सेवा बिस्तारित रुपमा संचालन भैरहेको छ ।

वीर अस्पतालमा हाल ५औं तहदेखि ११औं तहसम्मका विभिन्न नर्सहरु कार्यरत छन् । जस अन्तर्गत प्रमुख अस्पताल नर्सिंग प्रशासक (१), अस्पताल नर्सिंग प्रशासक (२),नर्सिंग अधिकृत (२५),स्टाफ नर्स (५७७) र ए.एन.एम(१७) कार्यरत छन् । यस अस्पतालमा प्रमाण पत्र तह देखि लिएर विभिन्न विधामा स्नातक तथा स्न्ताकोत्तर गरेका जस्तै मिडवाइफरी, क्रिटिकल कियर, साइक्याट्रीक,पेडीयाट्रीक नर्स आदि कार्यरत छन् । राष्ट्रिय स्वास्थ तालिम केन्द्रबाट जेरियाट्रिक, हेमोडायलाइसिस, क्रिटिकल केयर तालिमको लागि साइट स्वीकृत भइ तालिम संचालन भैरहेको छ । नर्सहरुको ज्ञान र सीप बिकाशको लागि CPD र CNE का कक्षाहरु निरन्तर रुपमा संचालन भैरहेको छ। यस अस्पतालमा नर्सहरुद्वारा विभिन्न विषयमा (IPC, Patient safety, health care management, client satisfaction, workplace violences etc.) स्वास्थ्य अनुसन्धानहरु भइरहेका छन् र नर्सिंग जर्नल क्लब पनि यसका लागि सक्रिय रुपमा लागिरहेको छ। साथै संक्रमण रोकथाम तथा नियन्त्रण र स्वास्थ्य जन्य फोहोरमैला व्यवस्थापनमा पनि नर्सहरुको उल्लेखनीय भूमिका रहेको छ।

देशको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने रणनीति अनुसार यस अस्पतालमा चि.वि.रा.प्र. अन्तर्गत एम.डी. /एम.एस.,डी.एम/ एम.सि.एच र फेलोसिप जस्ता उच्चस्तरका विशेषज्ञ जनशक्ति उत्पादन गर्दै आइरहेको छ। नेपालमा नर्सिंग शिक्षाको सुरुवात पनि यसै सस्थाबाट भएको हो। हाल वीर अस्पताल नर्सिंग क्याम्पसमा पि.सि.एल., बि.एन.एस., बि.एस.सी र एम.एन नर्सिंग सम्म अध्यापन भइरहेको छ। नेपालकै इतिहासमा विशिष्टकृत नर्सिंग शिक्षा अन्तर्गत क्रिटिकल कियर नर्सिंग र मिडवाइफरी शिक्षा पनि यसै सस्था बाट सुरुवात गरिएको हो । आगामी दिनहरुमा थप सेवा विस्तार गरि नर्सिंग सेवाको गुणस्तरमा थप बृधि गरि यस अस्पताललाई विश्वकै उत्कृष्ट अस्पतालको रुपमा स्तापना गर्ने लक्ष्य यस अस्पतालले लिएको छ ।


 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस

भर्खरको अपडेट:

सूचना । सूचना । सूचना । अस्पतालको फार्मेसीबाट बिक्री/वितरणका लागि खरिद ‌गरिने औषधि तथा सुर्जिकल समर्ग्रीहरुको संशोधित सूचना Pre-Bid Meeting मा उपस्थित हुनेबारे उम्मेदवार सिफारिस सम्बन्धि सूचना करार सेवामा कर्मचारी लिने सम्बन्धि मेडिकल अफिसर उमेदवार सिफारिस गरिएको सूचना जिम्मेवारी तोकिएको सम्बन्धमा संशोधित परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना !! मेडिकल अधिकृत, स्टाफ नर्स करार सेवामा कर्मचारी लिने सम्बन्धि सूचना !! पुराना मेशिन, उपकरण, फर्निचर लगायत अन्य सामान लिलाम बिक्रीको लागि बोलपत्र आब्हानको सूचना