वि.सं. १९४७ श्रावण १२ गते श्री ३ वीर शम्शेरको पहलमा स्थापित नेपालको सबै भन्दा पुरानो ऐतिहासिक अस्पताल सबै जनताहरूको स्वास्थ्य सेवामा पहुँच पुयाउने लक्ष्य रहेको नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा वीर अस्पताल स्थापना भई आधुनिक विशिष्टकृत उपचारात्मक सेवा प्रदान गदै आएको कुरा सर्वविदितै छ।
अस्पतालको चौतर्फी विकासको लागि प्रत्यक्ष उपचारात्मक सेवा प्रवाह गरी राष्ट्रिय स्तरमा दक्ष जनशक्ति समेत उत्पादन गर्नको लागि २०६३ सालमा नेपाल सरकारले चि.वि.रा.प्र. ऐन जारी भई वीर अस्पताल चि.वि.रा.प्र.को रुपमा विकास गर्दै विभिन्न शैक्षिक क्रियाकलाप (MD. MS, MCH, DM, BSc Nursing. BMS, MN) तथा अनुसन्धानमूलक पद्धति विकास गर्ने संस्थाको रुपमा अघि बढाइएको छ । नेपाल सरकार मन्त्री परिषदले मिति २०७८/०३/२१ को निर्णयानुसार कोमिड-१९ युनिफाइड केन्द्रीय अस्पताललाई थप ८३१ नयाँ दरबन्दी थप गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत पुल दरबन...
थप पढ्नुहोस्