• २०८२ फागुन ५ मङ्गलवार
  • Tuesday 17 Feb 2026
team image
✍️हरि पंगेनी
उप -सचिब (प्रशासन)

उप -सचिब (प्रशासन) ज्यूको सन्देश

श्री ५ पृथ्वी वीर विक्रम शाहदेवको पालामा पृथ्वी अस्पताल नामाकरण गरी श्री ३ वीर शम्शेरको पहलमा स्थापित नेपालको सबभन्दा पुरानो ऐतिहासिक अस्पताल सबै जनताहरूको स्वास्थ्य सेवामा पहुँच पुऱ्याउने लक्ष्य रहेको नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा वीर अस्पताल स्थापना भई आधुनिक उपचारात्मक सेवा प्रदान गर्दै आएको छ । स्थापना कालमा १५ शैय्याबाट शुरुवात भएको यस अस्पतालको पुरानो भवन र जाईका भवनमा गरी ४६० र नव निर्मित नयाँ सर्जिकल भवनमा ५०० शैय्या थप गरी ९६० शैय्या सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

अस्पतालको चौतर्फी विकासको लागि प्रत्यक्ष उपचारात्मक सेवा प्रवाह गरी राष्ट्रिय स्तरमा दक्ष जनशक्ति समेत उत्पादन गर्नको लागि २०६३ सालमा नेपाल सरकारले चि.वि.रा.प्र. ऐन जारी भई वीर अस्पताल चि.वि.रा.प्र.को रूपमा विकास गर्दै विभिन्न शैक्षिक क्रियाकलाप तथा अनुसन्धानमूलक पद्धति विकास गर्ने संस्थाको रूपमा अघि बढाइएको छ । नेपाल सरकार मन्त्री परिषद्ले मिति २०७८/०३/२१ को निर्णयानुसार कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताललाई थप ८३१ नयाँ दरबन्दी थप गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत फुल दरबन्दी कायम गरी सेवा अघि बढाइएको छ ।

यस कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको बहिरंग भवनमा विभिन्न बहिरंग सेवाहरू इमर्जेन्सी सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा लगायतका अन्य उपचारात्मक सेवाहरू र साविक पुरानो भवनमा अन्तरंग सेवाहरू संचालन भइरहेको छ । जापान सरकारको सहयोगमा निर्मित जाइका भवनमा ग्याष्ट्रोलोजी, नेफ्रोलोजी, कार्डियोलोजी र कोभिड-१९ बिरामीहरुको उपचार सेवाहरूको अन्तरंग सेवा सञ्चालन भइरहेको साथै ५०० शैय्याको नयाँ सर्जिकल भवन सञ्चालन भैसकेको छ । जसमा कोभिड वार्ड कोभिड ICU का साथै १८ शैय्याको जनरल आई.सि.यु.. ५ वटा जनरल अपरेशन थिएटर, सिटिभि.एस. ओ.टि. पोष्ट अपरेटिभ वार्ड, क्याबिनका साथै सर्जिकल वार्डहरू सञ्चालनमा रहेका छन् ।

२०७२ सालको महाभूकम्पबाट पुरानो भवन पूर्ण रूपमा क्षति भई अन्य भवनहरू आशिक रूपमा क्षति भएको अवस्थामा समेत यस अस्पतालबाट प्रवाह हुने सेवाहरुमा कुनै प्रकारको कमी महशुस नगरी नागरिकको उपचार सेवामा अग्रसर रहेको विदितै छ । अस्पतालको सेवा विस्तार गर्ने क्रममा हालै मात्र निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको ५०० शैय्याको नयाँ सर्जिकल भवन आंशिक रूपमा संचालनमा रहेको र पूर्ण रूपमा सेवा संचालनमा आए पश्चात् वीर अस्पतालमा सेवा लिन आउने बिरामीहरुलाई भर्ना भई उपचार गर्न शैय्याहरूमा कमी नहुने विश्वास हामीले लिएका छौ। अस्पतालको थप बहिरङ्ग सेवा विस्तार गरी गुणस्तरीयता तथा प्रभावकारी सेवा प्रवाह गर्न भक्तपुरको दुवाकोटमा समेत नेपाल सरकारले ५७० रोपनी जग्गा नेपाल सरकारबाट वीर अस्पताललाई हस्तान्तरण भइसकेको सो जग्गामा समेत नयाँ अस्पताल भवनको निर्माण तथा अनुसन्धानमुलक उपचारात्मक सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ । नेपाल सरकारले स्वदेशमा नै दक्ष जनशक्ति उत्पादनको लक्ष्य हासिल गर्न चि.वि.रा.प्र तथा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्प्ताल वीर अस्पतालबाट ठुलो योगदान पुग्ने श्रेणीका स्वदेशी दक्ष जनशक्ति उत्पादन गर्ने समेत छ भन्ने हामीले विश्वास लिएका छौ। यसरी उच्च जिम्मेवारी प्रदान गरिएको यस अस्पतालले विभिन्न विषयहरूमा नर्सिङ्ग तथा चिकित्सा विज्ञान क्षेत्रतर्फ स्नातक, स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन गराई रहेको छ । जसबाट नेपालभित्रै विशिष्टिकृत विशेषज्ञता भएका जनशक्ति उत्पादन गरी आन्तरिक तथा वाय रूपमा स्वास्थ्य क्षेत्रमा रहेको चुनौतिलाई समेत सामना गर्दै स्वास्थ्य सेवा प्रवाहमा सफलता प्राप्त हुने छ भन्ने विश्वाश लिइएको छ । हालै प्रथम, दोस्रो, तेस्रो तथा चौथो लहरको कोभिड महामारीमा समेत यस अस्पतालले ४१७२ जना कोभिड विरामीहरूको भर्ना गरी ३५८२ जनालाई सफलता पूर्वक उपचार गरी स्वस्थ बनाई घर फिर्ता पठाइएको छ । आगामी दिनहरूमा सातै प्रदेशमा यस कोभिड अस्पतालले समन्वय गर्दै थप विशेषज्ञ सेवा प्रवाह गराउने लक्ष्य रहेको छ ।

 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस

भर्खरको अपडेट:

Capital Expenditure Urine Analyzer Dialysis Machine Darrate EYE OPD GOODS ENT OPD Goods सूचना सूचना दैनिक बिरामी संख्या() इमरजेन्सी बिरामी संख्या()