• २०८२ फागुन ५ मङ्गलवार
  • Tuesday 17 Feb 2026
team image
✍️प्रा. डा. भूपेन्द्र कुमार बस्नेत
उपकुलपति

उपकुलपति ज्यूको सन्देश

चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको हो । प्रतिष्ठानको मुख्य कार्यालय वीर अस्पताल काठमाडौँमा रहेको छ । प्रतिष्ठानलाई अंग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल साईन्सेज (National Academy of Medical Sciences ( NAMS) भनिन्छ ।

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पताल मध्येको एक हो । यो अस्पताल वि.सं. १९४७ (सन् १८८९ ) श्रावण १२ गते बीर शम्शेरको पहलमा १५ शैयाबाट सुरु गरिएको थियो । यस अस्पतालबाट सन् १९३३ मा नेपाल कै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको शुरुवात गरी ड्रेसर र कम्पाउन्डरको तालिम शुरु गरिएको थियो । पछि नर्सिङ शिक्षाको अध्यापन पनि शुरु गरियो । यस अस्पताललाई सन् १९८७ मा बेलायतको रोयल कलेजले FRCS, MRCP /MRCOG शिक्षाका लागि दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता दिएको थियो । त्यस्तै सन् १९९४ मा Post Graduate Medical Education Coordination Committee -PGMECC) मार्फत Post Graduate Education MD/MS को अध्ययन पनि शुरु भएको थियो ।

बीर अस्पतालको चौतर्फी विकास, गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउन सक्ने दक्ष जनशक्तिको उत्पादनका लागि यस अस्पताललाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा बृद्धिविकास गर्न वि.सं. २०५९ सालमा नेपाल सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नती गरिएको थियो । यसरी प्रतिष्ठानको रुपमा कार्यरत वीर अस्पताललाई वि.स. २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( चि. वि. रा. प्र.) ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रमहरु (MD/MS) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आइरहेको छ ।

 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस

भर्खरको अपडेट:

Capital Expenditure Urine Analyzer Dialysis Machine Darrate EYE OPD GOODS ENT OPD Goods सूचना सूचना दैनिक बिरामी संख्या() इमरजेन्सी बिरामी संख्या()