• २०८२ फागुन ५ मङ्गलवार
  • Tuesday 17 Feb 2026
team image
✍️प्रा. डा. दिलीप शर्मा
निर्देशक

निर्देशक ज्यूको सन्देश

नमस्कार ! वीर अस्पताल सर्वसुलभ एवं गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाको लागि सुपरिचित छ।स्थापनाको १३६ औं बर्षसम्म पनि आम जनताको विश्वास प्रति हामी कृतज्ञ छौं।जनताले अस्पतालप्रति देखाएको आशा र भरोसालाई कत्ति पनि कम हुन नदिन हामी अनवरत प्रयासरत छौं। आधारभुत देखि अति विशिष्टिकृत स्वास्थ्य सेवा एकै छानामुनी प्रदान गर्नुपर्दा वीर अस्पताल जहिले पनि जनशक्ति र स्रोतसाधनको सन्दर्भमा चापमा रहने गरेको यथार्थ हामीमाझ छर्लङ्ग छ। अन्तराष्ट्रियस्तरमा उपलब्ध भएका नविनतम प्रविधि र उपचार पद्धतीलाई आत्मसात गरि सेवालाई परिष्कृत गरिदै लगिएको छ। Evidence Based Medicine को अवधारणालाई अंगिकार गर्दै विश्वस्तरको स्वास्थ्य सेवा नेपाली जनताले पनि पाउनुपर्छ भन्ने सोचमा आधारित रहेर प्राज्ञिक कार्यक्रमलाई पनि वीर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत अंगिकार गरिरहेको छ। वीर अस्पताल सर्वसुलभ स्वास्थ्य सेवाको पर्यायवाची नै हो भन्दा अतिशयोक्ति नहोला। विशेषगरी आकस्मिक उपचार, सघन उपचार एवं शल्यक्रिया जस्ता जटिल र संवेदनशिल स्वास्थ्य सेवामा जनताको Out Of Pocket Expenditure बढिनै हुने गरेको छ। उक्त विषयलाइ स्वास्थ्य बीमा मा समेट्ने प्रयास तथा पहलकदमी गरिएको छ। स्वास्थ्य बीमाको अवधारणा लागू भैसकेको हालको परिप्रेक्ष्यमा आम सेवाग्राहीको अपेक्षा पनि बढेका छन्।सँगसँगै यसले सेवाको छरितोपनमा हामीलाई चुनौति पनि थपिदिएको छ। नयाँ सर्जिकल भवन मार्फत सर्जिकल सेवाको बढ्दो माग र चापलाई व्यवस्थित गर्दै छिटो छरितो सेवा दिन प्रयासरत छौ। निकट भविष्यमा विस्तारित अस्पताल सेवा मार्फत सेवा अवधि बढाई अहिलेको चापलाई धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने अपेक्षा सहित सो काममा अगाडि बढेका छौं। ICU को क्षमता बढाउन HDU को संख्या थपेर Step-down Facility को रुपमा विकास गरिदै छ। यसरी सघन उपचारको क्षमता 100 वेड सम्म पुर्याउने लक्ष्य रहेको छ।आकस्मिक सेवालाई Standard Treatment Protocol सहित प्राथमिकताका आधारमा उपचारको व्यबस्था गरिदै छ। आकस्मिक उपचारको लागि पनि पालो कुर्नु पर्ने अवस्थालाई अन्त्य गर्न वेड क्षमता वृद्धि गर्दै छिटो छरितो आकस्मिक सेवा र Definitive Care को अवधारणामा पनि काम गर्दैछौ। अन्त्यमा, आधुनिक चिकित्सा सेवा र चिकित्सा शिक्षालाई नेपालमा अबलम्बन गर्ने पहिलो अस्पतालको गर्बिलो इतिहास भएको वीर अस्पतालको गरिमालाइ कायम गर्नु हामि सबैको कर्तब्य हो।यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकार राख्ने व्यक्ति तथा संस्था साथै आम नागरिकको साथ सहयोग सहकार्य एवं रचनात्मक सुझाबको सदैब अपेक्षा गर्दछु।

 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस

भर्खरको अपडेट:

Capital Expenditure Urine Analyzer Dialysis Machine Darrate EYE OPD GOODS ENT OPD Goods सूचना सूचना दैनिक बिरामी संख्या() इमरजेन्सी बिरामी संख्या()